'मास्टर सेफ प्रोफेसनल्स युके' टप ३ मा सन्तोष

पत्रपत्रिकाबाट

विहीबार, ०२ पुस २०७७, ०७ : २४
'मास्टर सेफ प्रोफेसनल्स युके' टप ३ मा सन्तोष

काठमाडौँ । नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन् । योसँगै उनी फाइनल राउन्डमा प्रवेश गरेका छन् ।

'बीबीसी वान' मा प्रशारित फाइनल राउन्डको पहिलो चरणबाट ७ प्रतियोगीबाट अघि बढ्दै  उनी टप ३ मा पुगेका हुन् । शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन् ।

बिहीबारको शोमा सन्तोषले जिम्बुले झानेको भेडाको मासुलाई गुन्द्रकमा बेह्रेर चर्चित सेफको टेबलमा पस्केका थिए । साथै उनले स्पाइसी सोयाबिन क्रम्ब्स, पुदिनाको पराठा, बोन म्यारो ससलगायतका खाना पकाएर निर्णायकहरुको मन जित्न सफल भए ।  

प्रतियोगिताको दोस्रो राउन्डमा सन्तोषलगायत त्यहाँ उपस्थित सेफलाई आफूलाई सबैभन्दा मनपर्ने मानिसका लागि खाना बनाउन भनिएको थियो । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस