नेकपाको स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १६ : ०९
नेकपाको स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । निर्धारित समयभन्दा ३ घण्टा ढिला गरी बैठक सुरु भएको हो । 

बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बस्न नमानेपछि बैठक अवरुद्ध भएको थियो । तर, सहमतिको पहलस्वरुप पटक पटकको दुई पक्षीय दलफलपछि ओली बैठकमा बस्न राजी भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसहितको स्थायी समिति बैठक सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस