बालुवाटारमा ओली र प्रचण्डबीच वान टु वान वार्ता, निस्केला त निकास ?

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १२ : ५१
बालुवाटारमा ओली र प्रचण्डबीच वान टु वान वार्ता, निस्केला त निकास ?

फाइल तस्विर

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बालुवाटारमा बस्ने स्थायी समिति बैठकअघि अहिले बालुवाटारमै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच वान टु वान वार्ता भइरहेको छ ।

नेकपाभित्र विवादले उग्र रुप लिँदै पानी बाराबारको अवस्था रहेकै बेला दुई अध्यक्षबीच भइरहेको वान टु वान वार्तालाई अर्थपूर्णरुपमा लिइएको छ ।

स्थायी कमिटी बैठकअघि प्रचण्डले ओलीसँग पछिल्लो अध्यादेश प्रकरणबारे कुरा गर्न खोजेको उनीनिटक एक नेताले जानकारी दिए । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्डले त्यो खारेज गर्नुपर्ने माग गरेका थिए ।

अध्यक्ष ओलीले बुधवारको स्थायी कमिटी बैठक स्थगित गर्न गरेको आग्रह प्रचण्डले अस्वीकार गरेका थिए । अध्यादेशपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । यसअघि गत २८ गते बसेको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर बुधवारसम्मका लागि स्थगित भएको थियो । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले  कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस