काठमाडौं । सरकारप्रति आक्रामक बन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार देशैभर जनप्रदर्शन र विरोधसभा गरेको छ ।
संघीय राजधानी काठमाडौंलगायतका प्रमुख सहरमा हजारौं कार्यकर्ताले सडकमा उत्रिएर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन् । नेताहरू पनि प्रधानमन्त्री ओलीको कार्यशैली र भूमिकाप्रति आक्रामक रूपमा प्रस्तुत भए ।
कांग्रेस नेताहरूले पाँच वर्ष शासन सञ्चालन गर्ने जनमत पाएको सरकार उल्टो दिशामा हिँडेको टिप्पणी गरे । प्रधानमन्त्री ओली संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गरी आफूमा शक्ति केन्द्रित गरेर सुरुदेखि नै सर्वसत्तावादको अभ्यासमा लागेको उनीहरूले बताए । प्रधानमन्त्रीको कार्यशैलीले सडकमा राजावादीले उठ्ने मौका पाएको उनीहरूको ठम्याइ थियो ।
उनीहरूले सरकारको कुशासन र बेथितिविरुद्ध आम जनतामा देखिएको वितृष्णाको उपज नै राजावादीले व्यवस्थाविरुद्ध प्रदर्शन गरेको टिप्पणी गरेका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० मंसिर २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)