सशस्त्रका छ डिआइजीले अवकाश पाए

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, ११ : ५८
सशस्त्रका छ डिआइजीले अवकाश पाए

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ६ जना नायब महानिरीक्षक (डीआईजी) ले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् ।

३० बर्से सेवाहदका कारण डीआईजीहरू नगेन्द्र थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारीले अवकाश पाएका हुन् ।

६ जना डीआईजीसँगै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र शाक्यले पनि ३० वर्षे सेवाहदका कारण अवकाश पाएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी राजु अर्यालले जानकारी दिए । प्रवक्ता अर्यालका अनुसार उनीहरु सबै नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस