इन्धनको भाउ बढ्यो

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, ०७ : ५६
इन्धनको भाउ बढ्यो

काठमाडौँ । इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य अनुसार प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस