सुविधाको खोपमा भर परे ढिलाइ

पत्रपत्रिकाबाट

आइतबार, २८ मंसिर २०७७, ०७ : २२
सुविधाको खोपमा भर परे ढिलाइ

काठमाडौं । कोभिड–१९ विरुद्घको खोप तयार भएपछि छिटो ल्याउन सरकार–सरकार (जीटूजी) र निजी क्षेत्र दुवै सहभागी हुनुपर्ने देखिएको छ । सुविधाबाट पाउने खोपको मात्र भर पर्दा धेरै ढिला हुने भएकाले दुवै विकल्पमा तुरुन्त अघि बढ्नुपर्ने विज्ञहरूले बताएका छन् ।

एउटै प्रक्रियामा भर पर्दा समयमै खोप ल्याउन नसकिए मुलुकको स्वास्थ्य, रोजगार, अर्थतन्त्र, व्यापार, व्यवसायलगायत झन् प्रभावित हुन सक्ने उनीहरूको भनाइ छ । जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले खोप ल्याउन सबै विकल्प खुला गर्नुपर्ने बताए । पछिल्लो समय कोरोनाबाट मृत्युदर बढेकाले पनि खोप प्रमाणित भएपछि जतिसक्दो छिटो ल्याउनुपर्ने अवस्था छ ।

‘आम नेपालीलाई खोपमा सहज पहुँच सुनिश्चित गर्न सबै विकल्प खुला राखेर अघि बढ्नुपर्छ,’ जनस्वास्थ्यविद् डा. तिवारीले भने, ‘कोभाक्स तत्काल समाधान हैन । एउटा विकल्प सफल नहुँदा अर्को विकल्पले काम गर्न सक्छ ।’ उनले दक्षिण एसियाका मुलुकले निजी क्षेत्रलाई खोप ल्याउन अनुमति दिइसकेको बताए । ‘बंगलादेशले निजी क्षेत्रलाई अनुमति दिएको छ,’ डा. तिवारीले भने, ‘सरकारले अन्य सरकारसँग पहल गरेर खोप भित्र्याउने प्रयाससँगै विशेष गाइडलाइन बनाएर गुणस्तरीय खोप ल्याउने सुनिश्चिततासहित पारदर्शी रूपमा अधिकतम बिक्री मूल्य तोकेर निजी क्षेत्रका लागि प्रक्रिया खुला गर्नुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस