गोरखपुर । भारतको उत्तरप्रदेश राज्यमा आमाछोरीकै बिहे एउटै मण्डपमा एकसाथ भएको छ । मुख्यमन्त्री सामूहिक विवाह योजनाअन्तर्गत एकै मण्डमा आमाछोरी एकसाथ बेहुली बनेर आ–आफ्नो जीवनसाथीलाई बरमाला पहियाएका हुन् ।
गोरखपुरको पिपरौली ब्लकमा आयोजित विवाह समारोहमा ५३ वर्षीय बेलादेवीले आफ्नै देवर जगदीशसँग विवाह गरेकी हुन् भने उनकी छोरी इन्दुले राहुल नाम गरेका युवकसँग विवाह गरेकी हुन् ।
समारोहमा सबैभन्दा बढी चर्चा भने बेला र जगदीशको विवाहले पाएको थियो । पिपरौली ब्लककै कुरमौल गाउँ निवासी जगदीशका जेठो दाजु हरिहरको निधन करिब २५ वर्ष अघि भएको थियो । पतिको निधनपछि बेलादेवीले दुई छोरा र तीन छोरीको पालनपोषणका लागि निकै संघर्ष गरिन्। उनका दुई छोरा र दुई छोरीको विवाह भइसकेको छ भने कान्छी छोरीको विवाह मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत गराउने तयारी भइरहेको थियो ।
यसबीचमै बेलादेवी र उनका कान्छो देवर जगदीशले आपसमा विवाह गर्ने फैसला गरे । बेला विधुवा रहेको र जगदीश अविवाहित नै रहेका कारण परिवारका अन्य सदस्यहरुले उनीहरुको प्रस्तावमा खासै असहमति जनाएनन् ।
परिवारका सदस्यहरुको उपस्थितिमै उनीहरुले पनि सामूहिक विवाह कार्यक्रममा दाम्पत्य जीवन सुरु गरेका हुन्, जहाँ बेलादेवीकी कान्छी छोरीको पनि विवाह भइरहेको थियो । सो समारोहमा ६३ जोडीको विवाह एकसाथ सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ मंसिर २०७७, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिमले अनुहार बिगारिदिएपछि क्षतिपूर्ती माग्दै अदालत पुगिन् युवती
१ हजार ४२ वर्ष बाँचेर दाजुभाई–दिदीबहिनीले बनाए नयाँ विश्व किर्तिमान
गोरिल्लामा पनि देखियो कोरोना भाइरस
दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो
ट्याटुले ढाकियो यी महिलाको शरीर
बिहारका एक छात्रले एडमिट कार्डमा लेखे : मेरो बाबुु–आमा इमरान हास्मी र सनी लियोनी हो