किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, ०९ : ४४
किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

सांकेतिक तस्वीर

मुग्लिन । चितवनको इच्छाकामना  गाउँपालिका–३ मा किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । गाँउपालिकाले पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले बताए ।

ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने गाँउपालिकाको योजना छ । 

उनका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।  यसैबीच  वडाले १० जना किसानलाई जनही एक÷एक वटा  हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी  १० जना किसानलाई उक्त हजारी  निःशुल्क वितरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस