काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ जना संक्रमितले ज्यान गुमाएका छन् । सोही अवधिमा १०५६ जना संक्रमित थपिएका छन् । यस अवधिमा १४८३ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । देशभर २४ घन्टामा ६ हजार २८६ जनाको कोरोना परीक्षण भएको थियो ।
अब देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ छ ।
मन्त्रालयका अनुसार हालसम्म १६५१ जनाले ज्यान समेत गुमाएका छन् । यस्तै हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय संक्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् । यस्तै ०.८६ प्रतिशतको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०७७, १६ : ३३
लेखकबाट थप