ओली–प्रचण्ड भेटवार्ता, के आयो निष्कर्ष ?

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १४ : ३४
ओली–प्रचण्ड भेटवार्ता,  के आयो निष्कर्ष ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरूबीच बुधबार बिहान ११ बजे भेटवार्ता भएको हो । भेटवार्ताले खास कुनै निष्कर्ष दिएको छैन । यसपटकको भेटले पनि उनीहरूबीच संवादहीनता तोड्ने काममात्र भएको देखिन्छ ।

भेटवार्ताले केही निकास नदिएपछि नेकपाभित्रको विवादको जरो जस्ताको त्यस्तै छ । अध्यक्ष ओली र प्रचण्डबीच २५ कात्तिकदेखिको संवादहीनताको अवस्था गत २० मंसिरमा अन्त्य भएको थियो । तर, त्यो भेट पनि अर्थपूर्ण बनेन । 

स्थायी कमिटीको अर्को बैठक कात्तिक २८ गतेलाई तय भएको छ । यसअघिको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन् । उनले पत्र पठाएर सहभागी नहुनाको कारण खुलासा गरेका थिए । 

दुईअध्यक्षबीच सहमति खोज्ने प्रयास भइरहे पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । 
 

प्रतिक्रिया दिनुहोस