बलिउड गायिका जारा खानलाई बलात्कारको धम्कि

पत्रपत्रिकाबाट

बुधबार, २४ मंसिर २०७७, ०८ : ०५
बलिउड गायिका जारा खानलाई बलात्कारको धम्कि

मुम्बई । ‘निकाह’ फेम एक्ट्रेस गायिका सलमा आगाकी छोरी जारा खानलाई इन्स्टाग्राममा केही दिनदेखी अश्लिल सन्देश आउन थालेको छ । अश्लिल शब्दमा गाली गर्ने मध्ये केही बलात्कार र ज्यान मार्ने धम्कि दिएका छन् ।

आफुलाई धम्कि आएपछि जाराले ओशिवारा प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । उजुरीपछि प्रहरीले धम्कि दिनेहरुको खोजी सुरु गरेको छ । हैदराबादमा एमबीए अध्ययनरत २३ वर्षीय एक युवाले धम्कि दिएको प्रहरीले जानकारी दिएको छ ।

ओशिवारा प्रहरी स्टेशनका वरिष्ट प्रहरी निरिक्षक दयानन्द बाँगरले जाराले इन्स्टाग्राममा अश्लिल सन्देश पठाउनुको साथै ज्यान मार्ने धम्कि दिएर उजुरी दिएको जानकारी दिए । प्रहरीका अनुसार ति युवाले इन्स्टाग्राममा नक्कली आइडी बनाएर धम्कि दिएका थिए । राजधानी दैनिकमा खबर छ ।