नेकपा विवाद

प्रतिवेदन पढ्न दिएर सहमतिको खोजी

पत्रपत्रिकाबाट

मंगलबार, २३ मंसिर २०७७, ०८ : ४०
प्रतिवेदन पढ्न दिएर सहमतिको खोजी

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै नेकपा सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ ।

दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी समिति सदस्यलाई सात दिनको समय दिएर शीर्ष तहमा भने सहमतिको खोजी शुरु भएको छ ।

दोस्रो तहका नेताहरु पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष ओली–प्रचण्डबीचमा संवाद गराउने गृहकार्यमा जुटेका छन् । प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर यसबीचमा सहमतिको प्रयास अगाडि बढेको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस