काठमाडौँ । पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १ हजार १४ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार ६२८ संक्रमित निको भएका छन् ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या देशभर १ हजार ६१४ पुगेको छ । २ लाख २७ हजार ४३३ निको भएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०७७, १६ : २९
लेखकबाट थप