अस्वस्थकर मासु बिक्री गर्दै न्यु क्वालिटी मिट सप्लायर्स भरतपुर

५ हजार जरिवना सहित बधशालामा खसी बद गर्न रोक

प्रकाश सिग्देल

सोमबार, २२ मंसिर २०७७, १५ : ४७
अस्वस्थकर मासु बिक्री गर्दै न्यु क्वालिटी मिट सप्लायर्स भरतपुर

चितवन । न्यु क्वालिटि मिट सप्लार्यस भरतपुर १० सिनर्जी रोडलाई भरतपुर महानगरले ५ हजार जरिवाना गरेको छ । यो मासु पसलले निकै अव्यवस्थीत र फोहोर ठाउमा मासु काटि बिक्री गर्ने गरेको भेटिएपछि यसलाई भरतपुर महानगरले ५ हजार जरिवना गरेको हो । पहिलो पटक ५ हजार जरिवाना भएको र पटक पटक यस्तो अवस्था देखिए २५ हजार जरिवना गरी ब्यवसायमा रोक लगाईने  महानगरका प्रहरी निरिक्षक मेघ राज भट्टराईले बताए । 

त्यस्तै त्यसको बधशालामा चौपाय बध गर्न रोक लगाईएको छ । बधशाला अत्याधिक फोहोर र दुर्गन्धी भएपछि १ साता भित्र टायल लगाएर ब्यवस्थित गर्न निर्देशन सहित बध गर्न रोक लगाईएको हो ।  मासु पसलले बाख्रीको मासु काटेर होटलहरुमा पठाउने गरेको गुनासोका आधारमा मासु पसलमा पुग्दा उसले सटर बन्द गरेर भित्र मासु काटेर प्लास्टिकमा प्याक गरिसकेको अनुगमन टोलिले फेला पारेको थियो ।

मासु काटिसकेको भेटिएकाले त्यो मासु बाख्राकै हो भनेर पहिचान गर्न सकिने अवस्था नदेखिएको तर उजुरी कर्ताको भनाईका आधारमा भने बाख्रिको मासु होकी भन्ने  केही आधार तय भएको अनुगमन अधिकारीहरुको भनाई छ ।

अनुगमनका क्रममा मासुपसल हेर्दा निकै दुर्गन्धीत र अव्यवस्थित भेटिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफलेले बताए । एक हप्ताका लागी बधशाला बन्द गरिएको र १ साता भित्रमा बधशालामा टायल लगाएर ब्यवस्थित गर्न निर्देशन गरिएको काफलेको भनाई छ ।

यसले चितवनको प्रहरी तालिम केन्द्र देखि चितवनका ठुला ठुला होटल र पाटि प्यालेसमा मासु पठाउने गरेको छ । आज पनि विवाहका लागी होटलमा अडर भएको र होटलमै पठाउनका लागी उसले बाख्रीको मासु काटेको उजुरी कर्ताको दाबी छ ।

उसले माथि खसि भुण्डाएर सटर लगाएर तल भने धमाधम बाख्रीको मासु टुक्राएको आफुले देखेपछि ‘एक छिन रोक यो बाख्रा किन काटेका’े भनेर आफुले प्रश्न गरेर सरोकार वाला निकायमा फोन गर्न थालेपछि उसले हतार हतारमा  छिटोछिटो टुक्रा पारेर झोलामा मासु हालेको उजुरीकर्ताको दावी छ ।

मासु पसलमा अनुगमन भएको हल्ला चलेपछि  केहि होटल सञ्चालकले समेत फोन गरेर आफनो होटलको नाम समाचारमा नभनिदिन आग्रह गरेको अनुगमनमा सहभागी एक सदस्यले बताए ।  त्यसको आधारमा पनि यो मासु पसलले बाख्राकै मासु बिक्री गर्ने गरेको पुष्टि हुने दाबि ति सदस्यको छ ।

जिल्ला पशुसेवा कार्यलय चितवनका पशु चिकित्सक डा बिकास श्रेष्ठले यो मासु पसलले निकै अस्वस्थकर मासु बेचेको भेटिएको र निकै फोहोर र दुर्गन्धित भएको भेटिएको बताए । अनुगमनका क्रममा बाख्राकै मासु फेला नपरेपनि यसले मानव स्वास्थ्यमा भने चरम लापरबार्ही गरेको फेला परेको उनको भनाई छ ।

यसले तालिम केन्द्र देखि जिल्लाका ठुला ठुला होटललाई दैनिक सयौ किलो मासु बिक्री गर्ने भेटिएको र उसको कारोबार निकै ठुलो भएकाले उसले राजस्व समेत छलि गरेको देखिएको उपभोक्ता अधिकार कर्मीहरुको भनाई छ । उसले खरिद बिक्रीको बिल समेत अध्याबधि नगरेको पाईएकाले राजस्वले उसको कारोबारको निरिक्षण गरि आवश्यक कारबार्ही गर्न आवश्यक रहेको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताए । अनुगमनका क्रममा उसले अस्वस्थ्कर मासु उपभोक्तालाई खुवाएको प्रस्ट देखिएकोले उसलाई जिल्ला प्रशासन देखि , बाणिज्य कार्यालयले पनि आवस्यक कारबार्ही गर्नु पर्ने उनकोे भनाई छ ।