स्थायी कमिटीको बैठक सुरु, प्रधानमन्त्री ओली सहभागी नहुने

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, १३ : ५१
स्थायी कमिटीको बैठक सुरु, प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौँ । नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरे पनि नआउने निश्चित भएपछि उनी बिनै स्थायी कमिटीको बैठक सुरु भएको हो ।

कोभिड १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको प्रधानमन्त्री ओली नआएका हुन् ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकलाई लक्षित गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस