कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, १५ : १६
कोरोना संक्रमित महिलाको मृत्यु

कास्की । पोखरामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको महिलाको मृत्यु भएको हो । 

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका ८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । डा. शर्माका अनुसार उनीमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्य १६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस