उदयपुरमा बम विष्फोटमा परि ५ मजदुर घाईते

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, ११ : ०६
उदयपुरमा बम विष्फोटमा परि ५ मजदुर घाईते

सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा रहेको सौर्य सिमेन्ट नजिक बम विष्फोट हुंदा पाँचजनाको मजदुर घाईते भएका छन् । कटारी नगरपालिका–८ भाण्टावारीस्थित सिमेन्ट उद्योगको खानी क्षेत्र नजिकै विष्फोट भएको हो ।

सो विष्फोटमा परि एक स्कोभेटर, मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारीका डिएसपी हेमन्त भण्डारीका अनुसार अन्य तीनवटा स्काभेटरमा पनि क्षति पुगेको छ । मध्यराति १२ बजेर १५ मिनेटमा खानी क्षेत्रलाई लक्षित गरि राखेको बम विष्फोट हुँदा भाग्ने क्रममा पाँच मजदुर घाइते भएको प्रहरीले बताइएको छ । बम कसले विष्फोट गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

सात जनाजतिको समूहमा आएका उनीहरुको बम विष्फोट गराएको खुलेपनि ति व्यक्तिको पहिचान खुल्न सकेको छैन । विष्फोटबाट उद्योगमा कार्यरत कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडा नम्बर ७ का २३ वर्षीय नविन मगर, उदयपुरगढी गाउँपालिका–२ का २५ वर्षीय दुर्गा तामाङ, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान, १८ वर्षीय शिवशंकर मोक्तान रहेको प्रहरीले जनाएको छ । 

उनीहरु सबैको अवस्था अहिले सामान्य छ ।  घटनास्थलमा शंकास्पद अन्य दुई वटा वस्तु देखिएकाले नेपाली सेनाको टोलीलाई खवर गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस