नेपालगंजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, १० : ५४
नेपालगंजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । उपचारको क्रममा बाँकेको नेपालगंजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा एक–एकजनाको मृत्यु भएको हो । मृतक दुवै दाङ तुलसीपुर उपमहानगरपालिका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तुलसीपुर–११ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा बिहीबारराति ९ बजे मृत्यु भएको छ । उनलाई मंसिर ४ गते भर्ना गरिएको थियो ।

त्यस्तै, तुलसीपुर–५ का ८१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । मंसिर १३ गते भर्ना भएका बृद्धको राति पौने ११ बजे मृत्यु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस