अष्टलक्ष्मी शाक्य भन्छिन्– ‘प्रधानमन्त्री किन आतंकित भईरहनुभएको छ ?’

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, ०९ : ५८
अष्टलक्ष्मी शाक्य भन्छिन्– ‘प्रधानमन्त्री किन आतंकित भईरहनुभएको छ ?’

काठमाडौं । नेकपा स्थायी समिति सदस्य तथा वाग्मती प्रदेशका इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्रीलाई आतंकित नबन्न आग्रह गरेकी छिन् । पार्टीभित्र दुई अध्यक्षका प्रस्ताव आउँदैमा प्रधानमन्त्री आतंकित बन्नु नपर्ने बताएका छन् ।

सफलखबरसँग कुरा गर्दै शाक्यले पार्टीभित्र प्रस्ताव आउदैंमा कोही पनि आतंकित हुन नपर्ने बताइन् । २८ कात्तिकमा पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको प्रवृतिका बारेमा उल्लेख गर्दै दस्तावेज नै पेश गरेपछि प्रधानमन्त्री ओली प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने, छलफल नै हुन नसक्ने जस्ता अडानमा छन । प्रचण्डको प्रस्तावको काउन्टरमा ओलीले पनि आफ्नो प्रस्ताव सचिवालय बैठकमा राखिसकेका छन् । तर अहिले प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव छलफल नै हुन नसक्ने, प्रस्ताव ल्याएकोमा माफी मागेर फिर्ता लिनुपर्ने जस्ता तर्क गरिरहेका छन् ।

तर ओलीको प्रचण्डको प्रस्ताव छलफल नै गर्न नहुने भन्ने कुरालाई सचिवालय बैठकले अस्वीकार गरिसकेको छ । पार्टीमा प्रस्ताव आएपछि छलफल हुने भन्दै दुवै अध्यक्षका प्रस्तावलाई पार्टीमा छलफल गर्ने र एउटा निश्र्कषमा लिएर जाने विषयमा नेताहरुले धारणा राखिसकेपछि प्रधानमन्त्री ओली अहिले पार्टी बैठकमै अनुपस्थित हुन थालेका छन् । उनले १६ गते तय भएको सचिवालय बैठकमा बालुवाटारमै भएर पनि उपस्थिती जनाएनन् । 

पार्टीमा कमजोर हुने बित्तिकै उनले पार्टी बैठकवाट भाग्ने गरेको आरोप लागिरहेका बेला उनले आफुलाई सहज हुने निर्णय नहुने अवस्था नआउदा सम्म बैठकबाट भाग्ने गर्दै आईरहेका छन् । यसमा ओलीमा आतंक देखिएको नेतृ शाक्यले बताइन् । ‘किन फिर्ता लिने प्रचण्ड कमरेडले आफ्नो प्रस्ताव ? प्रचण्ड कमरेडको प्रस्ताव, त्यसको जवाफी प्रधानमन्त्रीको प्रस्ताव ।  दुवैको प्रस्तावमा पार्टीभित्र मज्जाले छलफल गर्नुपर्छ । छलफलबाट एउटा निश्र्कष निस्कन्छ । त्यही आधारमा जानुपर्छ । छलफल नगरी हतास मनस्थितीबाट प्रचण्डको प्रस्ताव मानिदैंन, छलफल गर्न हुन्न भनेर आतंकित हुन जरुरी छैन् ।

किन उहाँ (प्रधानमन्त्री)आतंकित ?’ शाक्यले भनिन्,–‘पार्टीमा आईसकेका प्रस्तावको छलफल गर्न कसैले डराउनु पर्दैन ।’ प्रधानमन्त्री ओलीमा दम्भ र अहंकार देखा परेको, पार्टीको नीति र सोच अनुसार अगाडी जान नसकेका कारण पार्टीभित्र समस्या देखा परेको भन्दै शाक्यले कम्युनिष्ट पार्टीमा सबै नेता कार्यकर्ता पार्टी मातहत भएर बस्नुपर्ने बताइन् । प्रधानमन्त्री बोलीमा होइन, व्यवहारबाट कम्युनिष्ट पार्टीको नेता भनेर देखाउनु पर्ने बताइन् ।‘प्रधानमन्त्रीमा म बाहेक अरु केही होइनन्, म मात्रै सर्वेसर्वा हुँ भन्ने गरी दम्भ छ, उहाँमा यो खालको समस्या छ । कोही ब्यक्तीको पनि राम्रो नराम्रो भन्ने हुन्छ, कमी कमजोरीलाई सबैले सच्चाउनुपर्छ । प्रचण्ड कमरेडले राख्नुभएको प्रस्तावमा म माथी यति आरोप लागए, यो राख्न नमिल्ने उहाँले बताउने होइन,’ नेतृ शाक्यले भनिन्,–‘प्रचण्ड कमरेडले राखेपछि उहाँले पनि थप ल्याउनुभएको छ ।

यो अत्यन्त राम्रो हो । दुईटा प्रतिवेदन आएको छ । राम्रो भएको छ । अब यसमा छलफल गरेर एउटा निश्र्कषमा जानुपर्छ ।’ प्रधानमन्त्री ओली आफैं प्रधानमन्त्री भएको नभई पार्टीले प्रधानमन्त्री बनाएको पनि नेतृ शाक्यले बताइन् । यो कुरालाई प्रधानमन्त्रीले गम्भीर भएर सोच्नुपर्छ । प्रधानमन्त्रीसच्च्निुपर्नेमा जोड दिदैं उनले ‘नसच्चिएर उहाँले के गर्नुहुन्छ ?’ शाक्यले पार्टीभित्र बहस छलफल हुदैंमा पार्टी नफुटने जिकिर पनि गरिन् । ‘पार्टी फुट्दैन । कम्युनिष्ट पार्टी निर्माणको जग बलियो छ । सितिमिति कोही ब्यक्तिले फुटाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’ उनले भनिन्,–‘दुई पार्टी एकता दुवै अध्यक्ष मिलेर गर्नुभएको हो । उहाँहरुको श्रेय छ । अरु नेताहरुको पनि योगदान छ । तर मूल रुपमा दुई अध्यक्ष लागेका हुन् । अहिले के कारणले उहाँहरु अलग बस्नुपरयो ?’

नेताहरुमा संर्किणता हुनु नहुनेमा शाक्यले जोड दिईन् । ‘संकर्णताले हुदैन, मन खुल्ला दिलले बहस गर्नुपर्छ । पार्टी भन्दा माथी कोही पनि छैन् । उहाँ (प्रधानमन्त्री) अध्यक्ष हो । महाधिवशेनबाट उहाँ अध्यक्षमा आएको भन्नुहुन्छ । हामी के हो ? हामी पनि उपाध्यक्ष थियौं नी, भीम रावल, युवराज जी र म । वामदेव जी अहिले पनि उपाध्यक्ष हुनुहुनछ । तर हामी त छैनौं । हामीले पनि उपाध्यक्ष जितेर आएका होइनौं र ? हामीले त त्याग गरयौं नी त । पार्टी निर्णय कसैले मान्दिन भन्न पाउदैन ।’ शाक्यले भनिन् । अहिले जनताले प्रधानमन्त्री ओलीको मात्र सरकार हो भनेर भन्दैनन्, कम्युनिष्ट पार्टीकै सरकार भन्ने गरेको भन्दै शाक्यले सरकारका राम्रा नराम्रा सबै कामको जवाफदेहीता सबै नेता कार्यकर्ताले दिईरहनु पर्ने पनि बताइन् । सहमतिका साथ अगाडी बढेन कुरा राम्रो भएपनि सहमतिको आधार के ?

प्रधानमन्त्रीले भन्नुपर्ने उनले बताइन् । सहमति आँखा चिम्लेर मात्र नहुने शाक्यले बताइन् ।  सरकारमाथी पार्टीले बेलैमा खबरदारी गर्नुपर्नेमा धेरै ढिला भएको पनि उनले बताइन् । उनले भनिन्,–‘केपी कमरेडलाई कसले बनाएको प्रधानमन्त्री ? पार्टीले बनाएको होइन । अनि यसलाई चटक्कै बिर्सने ? एउटा नेताले त्यो खालको सोच बोक्नुहुन्छ ?

अहिलेसम्म कम्युनिष्ट पार्टी ख्याल ख्यालमा चलेको छैन् । पार्टी भन्दा माथी कोही पनि हुदैन् । प्रत्येक सदस्य पार्टी मातहत हुन्छ ।  सबैले पार्टी निर्णय शिरमा राखेर मान्नुपर्छ । मान्दिन कसैले भन्छ भने पार्टीको विधि प्रक्रिया अनुशासन हुन्छ । त्यही विधानको ब्यवस्था अनुसार अगाडी जान्छ । कुनै पनि नेता दम्भबाट चल्न हुदैन, पाइदैन ।’
 

प्रतिक्रिया दिनुहोस