एनआइसी एसिया बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्दै

सिईओ न्यौपाने यो वर्षको आम्दानीमा ३७ लाख बृद्धि

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, ११ : ५१
एनआइसी एसिया बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्दै

काठमाडौं। एनआइसी एसिया बैंकले यस वर्षको मुनाफाबाट शेयरधनीलाई  १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले यसका लागि यो प्रस्ताव पारित गराउन अर्को साता साधारणसभा डाकेको छ ।

बैंकले गत  वर्ष  २ अर्ब ९१ करोड रुपैयाँ मुनाफामा कमाएको थियो । यसैबिच बैंकको मुनाफा बढेसंगै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको पनि एक वर्षमा ३७ लाख रुपैयाँले आम्दानी बढेको छ। बैंकले २३औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख कार्यकारीसहित अन्य कर्मचारीको तलब सुविधा बढेको जनाएको छ।  बैंकले २ अर्ब ९१ करोड रुपैयाँ कर्मचारी तलब र बोनसमा खर्च गरेको छ ।

अघिल्लो वर्ष कार्यकारी अधिकृत न्यौपानेको कुल तलब सुविधा र नाफाबाट बोनस गरी २ करोड १३ लाख रुपैयाँ बुझेका थिए । गत वर्ष भने न्यौपानेले २ करोड ५० लाख रुपैयाँ बुझेका छन्।  बैंकका अनुसार न्यौपानेले भत्तासहित कुल वार्षिक तलब एक करोड ८० लाख बुझेका हुन्। यसबाहेक उनले ७० लाख ५९ हजार रुपैयाँ नाफाबाट बोनस पनि पाएका छन्। उनलाई बैंकले अन्य सुविधा अन्तर्गत एक सवारी साधन र ड्राइभर खर्च, बीमा, कर, मर्मतसम्भारलगायत खर्च पनि बैंकले दिएको छ। 

गत वर्षको मुनाफाबाट बैंकले सेयरधनीलाई लाभांस वितरण गर्न लागेको हो । बैंकले गत वर्ष एक अर्ब ४४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ४६ करोड ६६ लाख रुपैयाँ छ। 

प्रतिक्रिया दिनुहोस