काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०७७, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?