जगदम्बाको भट्टि पड्केर घाइते भएकामध्ये एकजनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १६ : ५२
जगदम्बाको भट्टि पड्केर घाइते भएकामध्ये एकजनाको मृत्यु

file-photo

पर्सा । जगदम्बा स्टिलको फलाम गलाउने भट्टि पडकिएर घाइते भएका चार जनामध्ये एक जनाको मृत्यु भएको छ।

जितपुर सिमरा उप महानगरपालिका २ स्थित जगदम्बा स्टिलको फलाम गलाउने भटी पड्किदा कारखानामा कार्यरत चारजना घाइते भएका थिए। घाइतेमध्ये सर्लाही सकरोल गाउँपालिका ६ बस्ने ४० वर्षका विकिन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। यादवको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । 

घाइते भएका मध्ये दुईजना भारतीय नागरिकसहित ३ जना कामदारहरुको वीरगञ्जको तराई अस्पताल र हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस