बितेको २४ घण्टामा थप १४२९ जनामा कोरोना संक्रमण पुष्टि, नौ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १६ : ३१
बितेको २४ घण्टामा थप १४२९ जनामा कोरोना संक्रमण पुष्टि, नौ जनाको मृत्यु

काठमाडौँ । बितेको २४ घण्टामा देशभर १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५६५ र पुरुष ९२५ जनासहित थप १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ र निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ । मृतकको कुल संख्या १५३८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस