कोरोना संक्रमित पाल्पा र स्याङजाका दुई पुरुषको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १० : २३
कोरोना संक्रमित पाल्पा र स्याङजाका दुई पुरुषको मृत्यु

बुटवल । पाल्पा र स्याङजाका गरि थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको दुवैजनाको उपचारको क्रममा पाल्पामा मृत्यु भएको हो । 

लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार उपचाररत पाल्पाको बगनासकाली गाउँपालिका १ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका ४ का ३९ वर्षीय पुरुषको आज बुधबार बिहान मृत्यु भएको हो ।

पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएसंगै उनी १४ गते अस्पताल भर्ना भएका थिए । अर्का स्याङजनाका संक्रमित मंसिर १ गते अस्पताल भर्ना भएसंगै उनमा  मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस