कोरोनाबाट थप २१ जनाको मृत्यु, थपिए १३०४ जना संक्रमित

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १६ : ३०
कोरोनाबाट थप २१ जनाको मृत्यु, थपिए १३०४ जना संक्रमित

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा एक हजार तीन सय चार जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट गत २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । 

गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरु दुई हजार ७३ जना छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या दुई लाख ३३ हजार नौ सय २६ पुगेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेहरु कुल दुई लाख १६ हजार पाँच सय ९४ जना छन् । कोरोनाबाट नेपालमा हालसम्म एक हजार पाँच सय २९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४०९ , भक्तपुरका ३६ र ललितपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस