बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका एक पुरुष र गुल्मीकी एक महिला रहेका छन् ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले दाङको तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको आज बिहान साढे ८ बजे कोरोना विशेष अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाकी ५० वर्षीया महिलाको पनि गएराति नै मृत्यु भएको अस्पतलाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०७७, १२ : ३९
लेखकबाट थप