काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएको छ ।
कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ । भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउदै विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनका लागि केन्द्रीय राजधानी नयाँ दिल्लीमा हजारौँ किसानहरु भेला भएलगत्तै प्रधानमन्त्री मोदी थप रुष्ट हुनुभएको छ । किसानका उत्पादन बेचविखनसम्वन्धी नयाँ कानुनलाई प्रधानमन्त्री मोदीले भने ऐतिहासिक कानुनको संज्ञा दिनुभएको छ । मोदीले महत्व दिएको कानुनको विरुद्ध नै प्रदर्शन चर्किदै जानुको पछाडि विपक्षीहरुको हात रहेको उहाँको बुझाइ छ ।
विपक्षी दलहरुको नाम नलिई उहाँले भन्नुभयो, “किसानहरूलाई ऐतिहासिक कानुनका विरुद्धमा गलत तरिकाले परिचालन गरिएको छ, केही व्यक्तिहरुले यसलाई दुरुपयोग गरेका छन् ।”
वारणासीमा भएको एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले समाजलाई नै भ्रमित पार्नेहरूबाट सतर्क हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ मंसिर २०७७, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनामा भारतबाट दबाब दिने प्रयास, राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन
प्रधानमन्त्री ओलीले दिए नरेन्द्र मोदीलाई बधाई
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश
अमेरिकामा प्यालेस्टिनी राष्ट्रपति र मोदीबिच भेटवार्ता
ओली र मोदीबीच आज साँझ ‘साइडलाइन’ वार्ता
नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाइ