विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।
बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।
बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताउनु भएको छ । तर उहाँको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताउनुभयो ।
बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै हुनुहुन्छ । उहाँ अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नु हुनेछ ।
बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्नु भएको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिनु भएको थिएन ।
राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन् र उहाँहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसक्नु भएको छ । (रासस–एपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ मंसिर २०७७, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह
अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ भएको रिपोर्ट चाहिने
चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
अमेरिकाको ईतिहासमा कमला ह्यारिस उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति