विराटनगर । आफ्नै भाइले पालेको गाईको बाच्छी मारेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–२ सुघा टोलका ३० वर्षीय भूपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।
गजेन्द्र राईले पालेको गाईको डेढ वर्षको बाच्छी मारेको भन्दै इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले गजेन्द्रका दाजु भूपेन्द्रलाई शुक्रबार साँझ पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
राईका अनुसार घरायसी विवादका क्रममा भाइले पालेको गाईको बाच्छीलाई भूपेन्द्रले हथौडाले हानेर मारेको खुलेको छ । हथौडाले बारम्बार प्रहार गरिएका कारण बाच्छी घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।
हथौडासहित पक्राउ परेका भूपेन्द्रविरुद्ध कारवाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको डीएसपी राईले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ मंसिर २०७७, ०८ : १०
लेखकबाट थप