बालकृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’ सार्वजनिक, वर्षा र पलको अभिनय

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १२ : ३७
बालकृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’ सार्वजनिक, वर्षा र पलको अभिनय

काठमाडौं । गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रीय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ । गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थलमध्येको एक गोदावरीमा छायाङकन गरिएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रहेको छ ।

फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षाको लोभलाग्दो अभिनय रहेको छ । जहाँ पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा प्रस्तुत भएका छन् ।

गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् ।

गीतकार न्यौपानेका यसअघि ‘उजाडियो शिशिर’मा (विभिन्न शीर्षकमा पुरस्कृत), ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत) लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् । 

 

प्रतिक्रिया दिनुहोस