चितवन । चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा दुई र चितवन मेडिकल कलेजमा एक जना संक्रमितको मृत्यु भएको हो ।
चितवन जिल्ला भरतपुर महानगरपालिका–१७ बस्ने ५१ वर्षीय पुरुषलाइ विहिबार स्वासप्रश्वासमा समस्या भई चितवन मेडिकल कलेजमा ल्याइएको थियो । परिक्षण गर्दा अस्पताल ल्याउनुपुर्व नै निजको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
यस्तै भरपुर अस्पतालमा भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा–१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
भरतपुरका वृद्ध मंसिर ५ गते कोरोना संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएका थिए। उनलाई सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो। शुक्रबार विहान सवा ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी मंसिर ८ गते कोरोना संक्रमण भएकी हेटौंडाकी महिलालाई ११ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो ।
कोभिड आइसियूमा राखेर उपचार गराइएकोमा उनको कोभिड–१९ निमोनियाका कारण शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार अहिलेसम्म चितवन ठेगाना भएका ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०७७, १३ : १०
लेखकबाट थप