कस्तो होला अभिनेत्री जया प्रदाको कमब्याक ?

एजेन्सी

शुक्रबार, १२ मंसिर २०७७, ०८ : ११
कस्तो होला अभिनेत्री जया प्रदाको कमब्याक ?

एजेन्सी । अभिनेत्री जया प्रदाले अभिनयमा कमब्याक गर्ने भएकी छन् । लामो समयदेखि फिल्मी दुनियाबाट टाढा रहेकी उनले पंजाबी फिल्म मार्फत अभिनयमा फर्किन लागेकी हुन् । उक्त फिल्ममा अभिनेता राज बब्बरको पनि अभिनय रहनेछ ।

समाचारमा उल्लेख भए अनुसार जयाको अभिनय रहने पंजाबी फिल्मको नाम ‘भुत अंकल तुस्सी ग्रेट हो’ रहेको छ । जयाको यो पंजाबीमा डेब्यु फिल्म हो । फिल्मका निर्देशक केसी बोकाडिन्या रहेका छन् । जयाले केसीसँग यस अगाडि पनि काम गरिसकेकी छन् ।

हरर कमेडी जनरामा निर्माण हुने यो फिल्ममा जया र राज मुख्य भुमिका निर्वाह गर्दैछन् । जयाले यस अगाडि हिन्दी, तमिल, तेलुगु, मलयालम फिल्ममा काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस