काठमाडौं । कोरोना संक्रमित थपिने क्रम घट्दै गए पनि मृत्युदर बढेको छ। संक्रमितको घण्टैपिच्छे जसो मृत्यु हुन थालेको छ। पछिल्लो चौबीस घण्टा (बुधबार अपराह्नसम्म) मा २८ जनाको ज्यान गएको छ। यो संख्या मंगलबार २४, सोमबार १६, आइतबार पनि १६ नै, शनिबार ७ थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे केही सातायता कोरोना पोजिटिभको दर घट्दो र मृत्युदर बढ्दो क्रममा रहेको स्विकार्छन्। मृत्युदर ०.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जम्मा मृत्यु १० लाख (पोजिटिभमा) ४६.६ प्रतिशत छ। मन्त्रालयका अनुसार संक्रमणबाट हालसम्म १ हजार ३ सय ८९ जनाको ज्यान गएको छ।
‘मृत्युदर उच्च हुनु र यात्रा विवरण (ट्राभल हिस्ट्री) नभएका व्यक्ति पनि संक्रमित पाइनुलाई समुदायमा कोरोना संक्रमण फैलिएको सूचकका रूपमा लिन सकिन्छ’, डा. पाण्डेले भने। भाइरोलोजिस्ट डा. पाण्डेका अनुसार पहिला संक्रमण दर उच्च भएका कारण मृत्युदर पनि बढी देखिएको हो। नेपाली सेनाको तथ्यांकमा कोरोना नेगेटिभ भएर फर्केका व्यक्तिको ज्यान गएको संख्या थपिएकाले धेरै देखिएको उनको जिकिर छ। कोरोनाको लक्षणसहितका संक्रमितको ज्यान धेरै गएको पाइएको छ।
‘गम्भीर खालका बिरामी बढे। बेलैमा जँचाएनन्। हामीले पनि उपचारमा पहुँच पुर्याउन सकेनौं कि रु यो चिन्ताको विषय हो’, उनले भने। होम (घर) र संस्थागत आइसोलेसनमा १६ हजार ६ सय ३९ जना छन्। घरमै रहेका लक्षणसहितका बिरामीको निगरानी गर्नुपर्ने खाँचो देखिएको चिकित्सकहरू बताउँछन्। अहिले सघन उपचार कक्षमा ३ सय ४५ र भेन्टिलेटरमा ६३ जना उपचाररत छन्।
छातीजन्य समस्या, दम, सिओपीडीका साथै मुटु, मधुमेह, मिर्गौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित व्यक्ति कोरोना संक्रमति भई मृत्यु भएको पाइएको चिकित्सक बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले नयाँभन्दा पनि एक सातापछि ज्यान जाने क्रम बढेको बताए। ‘१०–१२्र दिनअघि संक्रमण भएको र गम्भीर खालका बिरामीको ज्यान गइरहेको छ’, डा. राजभण्डारीले भने, ‘ठुल्ठूला निजी अस्पतालबाट रेफर भएका बिरामीको मृत्यु भएको छ।’
७ सय २५ जनाको उपचार गरी डिस्चार्ज गर्दा शुक्रराज ट्रपिकलमा २५ जनाको ज्यान गएको छ। मुटु र मधुमेहको समस्या भएका संक्रमितको मृत्युदर बढी देखिएको डा. पाण्डेको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ मंसिर २०७७, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु