नेपालमा थप २८ जनाको मृत्यु, १९४८ जना संक्रमित थपिए, ३१४० जना निको भए

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, १६ : २२
नेपालमा थप २८ जनाको मृत्यु, १९४८ जना संक्रमित थपिए, ३१४० जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । नेपालमा हाल १६ हजार ६३९ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ३८९ पुगेको छ ।