अभिनेत्री भूमि पेडनेकरको हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक

एजेन्सी

बुधबार, १० मंसिर २०७७, १५ : ४५
अभिनेत्री भूमि पेडनेकरको हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक

मुम्बई । अभिनेत्री भुमि पेडनेकरको हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा भुमिले चंचल चौहान नामको एक आईएएस अफिसरको भुमिका निर्बाह गरेकी छन् ।

३ मिनेट २० सेकेन्डको फिल्मको ट्रेलरमा निक्कै डरलाग्दो रहेको छ । यो फिल्म साउथको फिल्म ‘भागमति’को हिन्दी रिमेक हो । यसमा मुख्य भुमिका अभिनेत्री अनुष्का शेट्टीले निर्वाह गरेकी थिइन् ।

‘दुर्गामती’का ट्रेलर रहस्य र रोमान्सले भरिएको छ । डर, बदला, धोका लगायत बिषयले भरिएको छ ।

फिल्म बलिउडका खेलाडी अक्षय कुमार प्रोडक्शनबाट बनेको हो । फिल्मको ट्रेलर अक्षयले आफ्नो सामाजिक संजालबाट पनि शेयर गरेका छन् । फिल्मको कथा तथा निर्देशन अशोकले गरेका हुन् । फिल्म ११ डिसेम्बरको अमेजन प्राइममा रिलिज हुँदैछ ।

फिल्ममा माही गिल, जीशु सेनगुप्ता, करण कपाडिया र अरशद वारसीको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस