मोरङ । विराटनगरमा थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका अनुसार मंगलबार राति उपचारका क्रममा सुनसरीका संक्रमित एक महिला र एक पुरुषको मृत्यु भएको हो । मंगलबार राति ११ बजेर ४० मिनेटमा सुनसरीको रामधुनी नगरपालिकाका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको बताए ।
दिउँसो श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्नाका लागि पुगेका उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा राखेर उपचार थालिएको भएपनि राति मृत्यु भएको हो ।
त्यसैगरि, राति करिब सवा ९ बजे धरान उपमहानगरपालिकाकी ५० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। कोरोना पुष्टि भएसंँगै ती महिलालाई मंसिर ६ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, ०९ : ४५
लेखकबाट थप