काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालासँग छलफल गर्ने तयारी गरेको छ ।
पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो । खोप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एसआईआईले विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० द्वारा मान्यता प्राप्त सस्तो खोप १ सय ७० मुलुकमा आपूर्ति गर्छ ।
स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमलाई भर्चुअल बैठक राखेर पुनावालासँग खोपको विषयमा छलफल गर्न निर्देशन दिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० मंसिर २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोमल वली भन्छिन्ः खै अब त के विवाह गरिएला र ?
निगमको रक्सौल डिपो बन्द
तोकिएको समयमा चुनाव गराउन जरुरी छः राष्ट्रपति भण्डारी
संसद भवनको भुइँमै ठोकिए कुर्सी, संसद् चल्दा कसैले उठाउन नसकोस्
के नेपालमा ‘यूके भेरिएन्ट’ पत्ता लगाउन सहज छ ?
नेकपा विभाजन: आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन