नेपालमा थप १६ जनाको मृत्यु, १९८० जना संक्रमित थपिए, ३०४३ जना निको भए

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, १६ : १८
नेपालमा थप १६ जनाको मृत्यु, १९८० जना संक्रमित थपिए, ३०४३ जना निको भए

चितवन । नेपालमा बितेको २४ घण्टामा १ हजार ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । नेपालमा हाल १८ हजार ८८४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ३३७ पुगेको छ ।