घट्यो सक्रिय संक्रमितको संख्या, थप १६ जनाले ज्यान गुमाए

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, १७ : ०४
घट्यो सक्रिय संक्रमितको संख्या, थप १६ जनाले ज्यान गुमाए

काठमाडौं । देशमा कोरोनाको सक्रिय संक्रमितको संख्या घटेको छ । संक्रमितको स्वास्थ्य अवस्थामा सुधार आउनेको संख्या बढेसंगै सक्रिय संक्रमितको संख्या घट्न पुगेको हो । 

स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कुल ५ हजार ६ सय ६९ जना पुर्णरुपमा निको भएका हुन् । यससंगै सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ । 

यस्तै आइतबार कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या १६ जनाले बृद्धि भएसंगै नेपालमा कुल मृतकको संख्या १ हजार ३ सय २१ पुगेको छ । नेपालमा हालसम्म २ लाख २० हजार ३ सय ८ जना कोरोनाबाट संक्रमित भएका छन् । कोरोनामुक्त हुनेहरुको संख्या १ लाख ९९ हजार २४ रहेको छ ।