काठमाडौं । नेपाली सेनाबाट स्थानान्तरण भई आएका सशस्त्र प्रहरी बलका ६ जना नायब महानिरीक्षक (डीआईजी) र एक जना वरिष्ठ उपरीक्षक (एसएसपी) सेवा अवधि बढाउने खेलमा लागेका छन् ।
२०५८ सालमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्र प्रहरी बलमा आई हाल डीआईजी पदमा कार्यरत ६ र एक जना एसएसपीले तालिम अवधि गणना नगरी सेवा अवधि कायम गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।
सेनामा गरेको तालिम अवधिभरको १८ महिनालाई सेवा अवधिमा गणना नगर्न अनुरोध गर्दै उनीहरूले गृहमा निवेदन दिएका हुन् । सेवा अवधि बढाउन उनीहरूले सशस्त्र मुख्यालयलाई समेत बाइपास गरी सिधै गृह मन्त्रालयमा निवेदन दर्ता गरेको पाइएको छ ।
३० बर्से सेवा अवधि सकिन तीन साता बाँकी रहँदा जागिर लम्ब्याउन गृह मन्त्रालय गुुहार्ने डीआईजीहरूमा नगेन्द्र थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त बम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी छन् । यस्तै, एसएसपी राजेन्द्र शाक्यसमेत जागिर लम्ब्याउने प्रयासमा गृह मन्त्रालय पुगेका छन् । २८ मंसिर २०४७ मा सेनामा प्रवेश गरेका उनीहरूको ३० बर्से सेवा अवधि यही २७ मंसिरमा सकिँदै छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ मंसिर २०७७, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर
सशस्त्र प्रहरी: जीवन बचाउने मिसनदेखि सीमा सुरक्षासम्म
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते
अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ