नेपालमा थप ७ जनाको मृत्यु, १६७४ जना संक्रमित थपिए, २३२३ जना निको भए

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०७७, १५ : ५९
नेपालमा थप ७ जनाको मृत्यु, १६७४ जना संक्रमित थपिए, २३२३ जना निको भए

चितवन । नेपालमा बितेको २४ घण्टामा १ हजार ६७४ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । नेपालमा हाल २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ३०५ पुगेको छ ।