राष्ट्रसंघका महासचिवद्वारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

एजेन्सी

शनिबार, ०६ मंसिर २०७७, ११ : ५८
राष्ट्रसंघका महासचिवद्वारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

ब्रासिलिया । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका द्धारा जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गर्नुभएको हो ।

जी २० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उहाँले विश्वका नेताहरुलाई यो आग्रह गर्नुभएको बताइएको छ । विश्वमा अहिले विशेष गरेर कोभिड १९ को संक्रमण देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उहाँले यस्ता र अरु पनि समस्याहरु रहेको बताउनुभयो ।

त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने र भन्दै उहाँले शुक्रबार सो कुरामा जोड दिनुभएको थियो । शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग कुरा गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो– विश्वका जी २० का नेताहरुको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।

उहाँले कोभिड १९ को समस्याले निरन्तर रुपमा सपशपवका कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी २० को नेताहरु पनि लाग्नुपर्ने बताउनुभउयो । (रासस/सिन्ह्वा) 
 

प्रतिक्रिया दिनुहोस