चितवन । नेपालमा बितेको २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।
यस्तै २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । नेपालमा हाल २४ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै २४ घण्टामा नेपालमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २९८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०७७, १६ : १४
लेखकबाट थप