चितवन । नेपालमा बितेको २४ घण्टामा २ हजार १०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख १५ हजार २० पुगेको छ ।
यस्तै २४ घण्टामा २ हजार ८५८ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । नेपालमा हाल २८ हजार १०६ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै २४ घण्टामा नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २७६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०७७, १६ : २६
लेखकबाट थप