नेपालमा थप १२ जनाको मृत्यु, १४४२ जना संक्रमित थपिए, ३५३८ जना निको भए

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०७७, १६ : २८
नेपालमा थप १२ जनाको मृत्यु, १४४२ जना संक्रमित थपिए, ३५३८ जना निको भए

चितवन । नेपालमा बितेको २४ घण्टामा १ हजार ४४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार ५३८ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । नेपालमा हाल २८ हजार ८७८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २५९ पुगेको छ ।