२४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण, ५०२ जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०७७, १६ : १९
२४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण, ५०२ जनामा संक्रमण पुष्टि

काठमाडौँ । बितेको २४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण गरिएको र ५०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । 

देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । 

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २४७ र सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेका छन् ।