भैरहवामा थप एकजना कोरोना संक्रमित उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०७७, ०८ : ४४
भैरहवामा थप एकजना कोरोना संक्रमित उपचारको क्रममा मृत्यु

बुटवल । भैरहवामा कोरोना संक्रमित व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।  भैरहवास्थित भीम अस्पतालमा उपचाररत उनको मंगलबार बिहान ५ बजे मृत्यु भएको हो ।

मृत्यु हुनेमा पश्चिम नवलपरासीको बर्दघाट–१२ का ६३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनी गत कात्तिक २६ गते पीसीआर पोजिटिभ गर्दा पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उपचारककै क्रममा उनलाई सोमबार राति हृदयघात भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस