धरानमा कोरोनाबाट थप २ को मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०७७, १९ : ५६
धरानमा कोरोनाबाट थप २ को मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । अस्पतालका सहायक प्रवक्ता डा आशिष श्रेष्ठले २० र ३८ वर्षीय महिलाको मृत्यु भएको जानकारी दिए । 

दुबै जनाको सोमबार मृत्यु भएको हो भने ३८ वर्षीय महिलामा अरु कुनै दीर्घ रोग नभएपनि २० वर्षीय महिलामा भने दीर्घ रोग रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानमा हालसम्म कोरोनाबाट १०० बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस