यम बरालको ‘जवानी ताजा–ताजा छ’

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, १२ : २४
यम बरालको ‘जवानी ताजा–ताजा छ’

काठमाडौँ । गायक यम बरालको स्वरमा गायिका उर्मिला लाम्गादेले ‘तिम्रो लागि जवानी ताजा ताजा छ’ गीत सार्वजनिक गरेकी छन । पछिल्लो समय अमेरिका बस्दै आएका गायक यम बराल र उर्मिला लाम्गादेले अमेरिकाबाटै गाएका छन ‘माया हाम्रो बीचैमा साझा साझा छ, तिम्रो लागि जवानी ताजा ताजा छ..।  

गायिका लाम्गादेले सो गीत तिहारको लक्ष्मी पुजाको दिनमा अमेरिका र नेपालबाट एकैसाथ सार्वजनिक गरेकी हुन । गीतमा आनन्द अधिकारीको शब्द र शिशिर सन्तोषको संगीत रहेको छ । नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीको अभिनय रहेको छ । पछिल्लो समय अमेरिका बस्दै आउनु भएकी गायिका लाम्गादेले आधा दर्जन संख्यामा गीतहरु सार्वजनिक गर्नुभएको छ, उहाँ पनि हाल अमेरिकामै बस्दै आएकी छन । 

गायक बरालले गीत निक्कै राम्रो भएको प्रतिक्रिया दिएका छन । बिदेशमा बसेपनि आफुले संगीत र नेपाललाई बिर्सन र छोड्न नसक्ने उनले बताए । आफु सांगितिक यात्रामै रहेको र यात्राकै क्रममा उर्मिला लाम्गादेसँग नयाँ कोसेली ल्याएको बरालको भनाई । लाम्गादेले पनि गीत आशा लाग्दो बनेको भन्दै खुुसी व्यक्त गरेकी छन् । 
 

प्रतिक्रिया दिनुहोस